Darpan News
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
TRENDING
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
No Result
View All Result
Darpan News
No Result
View All Result
Home फिचर

आश गुरुङको नेतृत्वमा यस्तो बन्यो समावेशी टिम

Darpan News संवादाताः Darpan News
२०७७, २० चैत्र शुक्रबार १९:३२
आश गुरुङको नेतृत्वमा यस्तो बन्यो समावेशी टिम
Share on FacebookShare on Twitter

चैत २५ गते हुने नेपाल पत्रकार महासंघ लमजुङको निर्वाचनका लागि आश गुरुङ अध्यक्षको उम्मेदवार रहेको पूर्ण व्यवसायी र समावेसी टिमले पदाधिकारीहरुको उम्मेदवारको टुंगो लगाएको छ ।
निर्वाचनका लागि यसअघि अध्यक्षको उमेदवार मात्र घोषणा गरेको समूहले शुक्रबार भेला गरी अन्य पदाधिकारीको टुंगो लगाएको हो । समावेसी टिममा अध्यक्षतमा आश गुरुङ (कान्तिपुर दैनिक) , उपाध्यक्षमा अनुज अधिकारी (पालिका खवर), महिला उपाध्यक्षमा बेलिना थापा (गोरखापत्र÷रेडियो चौतारी) र सचिवमा सरोज विश्वकमा (रेडियो मस्र्याङ्दी÷रेडियो नेपाल), कोषाध्यक्षमा दलबहादुर मजाकोटी (ईन्सेक अनलाइन) रहनु भएको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ लमजुङका सल्लाहकार कृष्ण केसीले बताउनुभयो ।


समावेशी टिममा सहसचिव समावेशीमा श्रीकला भण्डारी ( लमजुङ दर्पण) खुलामा सविन कार्की (रेडियो भोटेओडार) लाई अघि बढाइएको छ । केन्द्रिय पार्षद सदस्यमा किसानबहादुर नेपाली (यात्रा समाचार डट.कम.) लाई उम्मेद्वार बनाइएको छ । शुक्रबार प्रेस चौतारीले बेंसीशहरमा एक भेला गरी उमेदवारको घोषणा गरेको हो । प्रेस चौतारीका केन्द्रीय सदस्य केसीका अनुसार सबै उम्मेदवार पूर्ण ब्यवसायिक पत्रकार रहेको बताउनु भयो । सदस्य तथा प्रदेश पार्षदको उम्मेद्वारी भने टुंग्याउन बाँकी रहको प्रेस चौतारी नेपाल लमजुङका अध्यक्ष डीबी मजाकोटीले जानकारी दिनुभयो ।
उम्मेद्वार चयनका लागि आयोजना गरिएको भेलालाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य नवीनराज कुइँकेल, नेपाल पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघका राष्ट्रिय सल्लाहकार नवराज पहाडी, जिल्लाका पूर्वअध्यक्षहरु कृष्ण केसी, किसान ‘संगीत’ नेपाली, प्रेस चौतारी नेपाल लमजुङका पूर्वअध्यक्ष ईश्वर पाण्डे, वर्तमान अध्यक्ष दलबहादुर मजाकोटी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लमजुङका अध्यक्ष कृष्ण आले, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद अंभिर प्रसाद बिक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
लमजुङमा पत्रकारितालाई संस्थागत गने, पत्रकारितालाई व्यवस्थित ढंगले व्यवसायीकरण गर्ने अभियानमा लागेका व्यवसायीक पत्रकारहरुको संरक्षण र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले संगठित आश गुरुङको नेतृत्वलाई जिताउनु नै मूल धारका पत्रकारहरु उदेश्य रहेको छ । अध्यक्षका उमेदवार आश गुरुङले २० बुँदे प्रतिवद्धतापत्रसहित निर्वाचनमा लागेको बताउनुभयो । पत्रकारितामा विकाउने र टिकाउने परिपाटीको ग्यारेन्टी गर्ने, सञ्चार माध्ययमकाबीचमा सुमधुर र सहअस्तित्व स्थापित गर्ने, सबैका लागि, सधैंका लागि मिडियाको अवधारणा ल्याउने, मापदण्ड पुगेका सञ्चारकर्मीलाई महासंघको सदस्यता प्रदान गर्ने, पत्रकार कल्याणकारी कार्यक्रम संचालन गर्ने, पत्रकारको दुर्घटना बीमा र विपन्नवृत्तिको व्यवस्थापनको कायक्रम संचालन गर्ने, जिल्लाका पत्रकारसहितका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने, अक्षयकोष बृद्धि गरी पुरस्कारको राशी थप गर्ने, ‘पत्रकारिता फेलोसिप’ को सुरुवात गर्ने उल्लेख छ ।
यस्तै, अध्यक्ष गुरुङले प्रेस प्रतिनिधि कार्ड (रातो कार्ड) को व्यवस्था जिल्लाबाटै गर्ने, जिल्लाका संचार माध्यमलाई बलियो बनाउन स्थानीय तह, प्रदेश र संघ सरकारलाई कम्तीमा पनि १ प्रतिशत बजेट विनियोजित गर्न प्रभावकारी पहल गर्ने, विगतमा जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्दै बर्षमा कम्तीमा १ पटक जिल्लामै भेला आयोजना गर्ने, पत्रकार महासंघको मापदण्ड अनुसार अग्रज पत्रकारलाई जीवनबृत्ति (पेन्सन) व्यवस्था गर्ने, नेतृत्वलाई काम गर्न नदिने रणनीतिको भण्डाफोर गर्ने लगायतको प्रतिवद्धता जनाउनुभएको छ ।

पत्रकार महासंघ लमजुङ शाखा निर्वाचन ः२०७७
आश गुरुङको नेतृत्वमा यस्तो बन्यो समावेशी टिम

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

सम्पर्क

ई–दर्पण न्युज डट कम
बेसीशहर–८, लमजुङ
फोन नं. ०६६–५२००१४
इमेलः– lamjungdarpandaily@gmail.com

हाम्रो टिम

सम्पादकः– कृष्ण के.सी.
सम्पर्कः– ९८५६०४५९३१
इमेलः– kkcbro@gmil.com
व्यवस्थापकः– नवीन धिताल
सम्पर्कः– ९८५६०४६०८४
सम्वाददाताः– मिनराज परियार, श्रीकला भण्डारी, कृति बानिया

QUICK LINKS

  • ईपेपर
  • कोरोना अपडेट
  • फिचर
  • विचार
  • विविध
  • समाचार
  • समाज
  • सूचना प्रविधि
  • स्वास्थ्य/ सौन्दर्य

हाम्रो बारेमा

© 2021 eDarpanNews, All Right Reserved | Design by WebPal

  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो