जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालय समेत निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आफ्नै स्रोतमा उक्त प्रतिक्षालय निर्माण गरेको हो ।

सो प्रतिक्षालयको बिहीबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुहुँदै प्रविधिमैत्री बन्दै गरेको यस प्रशासन कार्यालको परिसरमा निर्माण गरिएको प्रतिक्षालयले सेवाग्राहीहरुलाई टेवा पुगेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा बैंकमा जसरी आउन साथ फर्किन सक्दैनन्, यहाँ धेरै समय लाग्न सक्छ कामहरु बन्नका लागि अनि, सेवाग्राहीहरुलाई यहाँ बस्ने ठाउँ भएकाले सहज हुने उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको यस प्रतिक्षालयमा ८० जना सेवाग्राही अट्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, यस प्रतिक्षालयमा लमजुङ उद्योग बाणिज्य संघको सहयोगमा ४३ इन्चको टिभी समेत राखिएको छ । साथै नेपाल टेलिकमको सहयोगमा मोबाईल चार्जिङको व्यवस्था समेत गरिएको छ । सोहि प्रतिक्षालय नजिकै पालिका स्तम्भ पार्क समेत रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीहरुले पालिका स्तम्भ पार्कको समेत अवलोकन गर्दै जिल्लामा रहेका आठ वटै पालिका र जिल्लाकै बारेमा समेत जानकारी लिन सक्नेछन् । यस कार्यालयमा सेवा लिन आएको अधिकांश सेवाग्राहीहरुले यस पालिकाका स्तम्भमा फोटो तथा सेल्फि खिच्ने गरेका छन् ।
उक्त टोकन प्रणाली तथा प्रतिक्षालयको शुभारम्भ कार्यक्रममा जिल्लामा रहेका विभिन्न सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधि, जिल्लाका सञ्चारकर्मी लगायत सेवाग्राहीहरुको उपस्थित रहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्