नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघमा लमजुङबाट ४ जना केन्द्रीय सदस्य चयन हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको काठमाण्डौंमा उद्घाटन गर्नु भएको राष्ट्रिय भेलाबाट लमजुङमा ४ जना अग्रज व्यवसायी केन्द्रीय सदस्यमा चयन हुनु भएको हो ।

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ केन्द्रीय समितिमा लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु धर्मराज श्रेष्ठ, रामकुमार श्रेष्ठ, नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ र घरेलु तथा साना उद्योग महासंघ लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछाने केन्द्रीय सदस्यमा चयन हुनु भएको हो ।
नेकपासंग आवद्ध उद्योगी–व्यपारीहरुको ठूलो संस्था नेपाल राष्ट्रिय व्यवसाय महासंघको केन्द्रीय संयोजकमा एलपी सावा लिम्बु र सह–संयोजकमा परशुराम अधिकारी रहनु भएको छ । त्यस्तै गण्डकी प्रदेशको ईन्चार्जमा रामबहादुर गुरुङ र सह–ईन्चार्जमा राजकुमार सुवेदी रहनु भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्