Darpan News
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
TRENDING
नेपालमा थप १० जनामा कोरोना कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
No Result
View All Result
Darpan News
No Result
View All Result
Home फिचर

प्रेस संगठन लमजुङमा डिबी, बेलिना र अनुजको नेतृत्व

newsdesk संवादाताः newsdesk
२०७७, ३ फाल्गुन सोमबार ११:२४
प्रेस संगठन लमजुङमा डिबी, बेलिना र अनुजको नेतृत्व
Share on FacebookShare on Twitter

श्रमजीवी र जनपक्षीय पत्रकारको अगुवा संगठन प्रेस संगठन नेपाल लमजुङको संयोजकमा दलबहादुर (डिबी) मजाकोटी चयन हुनु भएको छ । गण्डकी प्रदेशको प्रदेशस्तरीय भेलाले प्रदेशका ११ वटै जिल्लाको नेतृत्व व्यबस्थापन गर्नेक्रममा मजाकोटीलाई संयोजकमा चयन गरको हो ।
त्यसैगरी प्रेस संगठन नेपाल लमजुङको सह–संयोजकमा बेलिना थापा र अनुज अधिकारी चयन हुनु भएको छ । ईन्सेक अनलाइनम आवद्ध संयोजक मजाकोटी यसअघि प्रेस संगठन नेपाल लमजुङको सह–संयोजक र तत्कालिन प्रेस चौतारीको अध्यक्ष रहनु भएको थियो ।


सहसंयोजकमा चयन हुनु भएका बेलिना थापा यसअघि प्रेस संगठन लमजुङको सदस्य रहनु भएको थियो भने गोरखापत्र दैनिकको लमजुङ संवाददाता र रेडियो चौतारी ९१.४ मेगाहर्जको स्टेशन म्यानेजरका रुपमा कार्यरत रहनु भएको छ । त्यस्तै अर्का सह–संयोजक अनुज अधिकारी पालिका खवर डट.कम.मा लमजुङ संवाददाता, नेपाल पत्रकार महासंघका गण्डकी प्रेदशका पार्षद र रेडियो चौतारीका समाचार प्रमुखका रुपमा कार्यरत रहनु भएको छ ।
समृद्ध नेपाल निर्माणका लागि ‘पूर्ण प्रेस स्वतन्त्रता सहितको सवल श्रमजिवी पत्रकार, स्थिरता विकास र राष्ट्रिय स्वाधिनताको रक्षा प्रेस संगठनको आधार’ भन्ने मुल नाराकासाथ गण्डकी प्रदेश भेला १३ बुँदा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
प्रस्तावमा संवैधानिक सर्वोच्चतालाई आत्मसात् गर्दै तोकिएको समयमा निर्वाचन गर्ने वातावरण सृजना गर्न आग्रह गरिएको छ भने निर्वाचनमा जाने घोषणा सर्वोत्तम लोकतान्त्रिक विधि भएको ठहर गरेको छ । भेलाले श्रमजीवी पत्रकार ऐन कार्यन्वयका लागि भूमिका खेल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
अभिव्यक्ति स्वतन्त्रताको नाममा हुने कुनैपनि अभद्र, अश्लिल गालि गलौजलाई निरुत्साहित गरेर प्रेस स्वतन्त्रताको पक्षमा उभिन, विभिन्न वहानामा सञ्चार संस्थाहरुले श्रमजीवी पत्रकारको पारिश्रमिक रोक्ने निष्काशन गर्ने, जागिर छाड्न बाध्य पार्ने सञ्चार संस्थालाई न्यूनतम पारिश्रमिक ऐन अनुसार व्यवस्थापन गर्दै रोकिएको पारिश्रमिक तत्काल दिन सम्बन्धित सञ्चार संस्थासँग माग गरिएको छ भने सञ्चार माध्यमलाई समावेशी र लैगिकमैत्री बनाउन भनिएको छ ।
भेलालले कोरोना विरुद्धको खोप पत्रकारलाई पनि लगाउने सरकारको निर्णय स्वागत गर्दै उक्त खोप आम नागरिकको पहुँचमा छिटो पुर्याउन आग्रह गरिएको छ । त्यसैगरी प्रदेश सरकार अन्तर्गत गठन हुनुपर्ने प्रेस रजिष्टारको कार्यालय स्थापनाका लागि गण्डकी प्रदेश सरकारसँग विशेष आग्रह गर्दै आम संचार ऐन र एफ एम सञ्चालन सम्बन्धी ऐन तत्काल निर्माण गरी कार्यान्वयन गर्न प्रस्तावमा उल्लेख गरिएको छ । नेपाल सरकारबाट प्रदान गरिने प्रेस पत्रकार परिचयपत्र, सञ्चार माध्यम नविकरण लगायतका काम जिल्लाबाट हुने नेपाल सरकारको निर्णयको स्वागत गर्दै अविलम्ब कार्यान्वयन गर्न पनि उल्लेख गरिएको छ ।
यसअघि भेलाको उपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । उदघाटन सत्रलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले राजनीतिक स्थायित्वका लागि पार्टी एकिकरण गरेको उल्लेख गरेको तर प्रचण्डले सहमति बेगर आफ्नो स्वार्थ समुहको ‘फेडेरेशन’ गराउन खोज्दा संसद विघटनको अवस्था आएको बताउनु भयो ।
हिंसात्मक गतिविधिका कारण प्रचण्डको टाउकोमाथि तरवार झुण्डिरहेकोले शक्ति बाहिर बस्दा असुरक्षित महससु गरेर प्रचण्ड शक्ति हातमा लिन विभिन्न प्रपञ्च रचेको नेता पोखरेलको भनाई रहेको थियो । उपप्रधानमन्त्री पोखरेले पत्रकारमा पेशागत दक्षता आवश्यक रहेको उल्लेख गर्दै विचार प्रतिको प्रतिवद्धता पनि हुनुपर्नेमा जोड दिनुभयो ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

सम्पर्क

ई–दर्पण न्युज डट कम
बेसीशहर–८, लमजुङ
फोन नं. ०६६–५२००१४
इमेलः– lamjungdarpandaily@gmail.com

हाम्रो टिम

सम्पादकः– कृष्ण के.सी.
सम्पर्कः– ९८५६०४५९३१
इमेलः– kkcbro@gmil.com
व्यवस्थापकः– नवीन धिताल
सम्पर्कः– ९८५६०४६०८४
सम्वाददाताः– मिनराज परियार, श्रीकला भण्डारी, कृति बानिया

QUICK LINKS

  • ईपेपर
  • कोरोना अपडेट
  • फिचर
  • विचार
  • विविध
  • समाचार
  • समाज
  • सूचना प्रविधि
  • स्वास्थ्य/ सौन्दर्य

हाम्रो बारेमा

© 2020 News Times, All Right Reserved | Design by

No Result
View All Result