लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमता सुपरदोर्दी ख आयोजनाको निर्माण कार्य बन्द गरिएको छ । बिहिबार जीप दुर्घटनामा परी आयोजनाका कर्मचारीहरुको मृत्यु भएकाले आज शुक्रबार एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताउनुभयो ।

उहाँले भन्नुभयो, विहिबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जीप दुर्घनामा परी आयोजना कर्मचारीको मृत्यु र केही घाइते भयो, हामीलाई दुःख लागेको छ, त्यसैले एक दिन काम नगर्ने र शनिबारबाट मात्र आयोजनाका निर्माण कार्य अघि बढ्ने छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजना स्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप सोही गाउँपालिका वडा नं. ६ सिमी ताजेँमा बिहिबार दुर्घटना हुँदा गाउँपालिका वडा नं. ६ सिमिताजेमा दुर्घटना हुँदा उक्त जीप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं. १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, आयोजनाका इन्जिनियर सुनिलकुमार शाह घाईते हुनुभएको छ । त्यस्तै, सोही जीपमा रहेका सोही पालिकाको वडा नं. ६ सिमि ताजेँ घर भएका १५ वर्षीय अनु घले र १५ वर्षीय सुशाना विक घाईते भएका छन् । प्रहरीका अनुसार सो जीप सडकबाट १२० मिटर तल जीप खसेर दुर्घटना भएको थियो ।
दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्धारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । कूल ८ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप ९ भर्टिकल साफ्ट खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ३७ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरिद सम्झौता –पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन् । विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा बिद्युत खरिद गर्ने (पिपिए) सम्झौता भएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्