बेसीशहर नगरपालिकाको चालु बर्षको आयमा २ करोड ८४ लाख २४ हजार बृद्धि भएको छ । ७ औ नगरसभाले ७६ करोड १९ लाख ५७ हजार बजेट तय गरेपनि उक्त नगरसभापछि विभिन्न योजनाहरुमा बजेट थपिएकोले नगरपालिकाको आयमा बृद्धि भएको हो । थपिएको बजेटसहित ८ औं नगरसभाले आयमा बृद्धिगरी ७९ करोड ३ लाख ८१ हजार १ सय ८० रुपैया बजेट निर्दिष्ट गरेको छ ।

गत असारमा सम्पन्न भएको ७ औं नगरसभापछि थप भएका योजना तथा बजेटहरुमा सडक बोर्डबाट ४५ लाख अनुमान गरिएकोमा ६५ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ५० लाख, सहजी रंगशालामा ३० लाख, मानव सेवा आश्रम भवन निर्माणमा ५० लाख, सुरक्षित आवास कार्यक्रममा १८ लाख १२ हजार, आश्रय स्थल निर्माण तथा संचालनमा १० लाख र वन समेतगरी विद्युत रोयल्टी ५२ लाख ७३ हजार आएकोले नगरपालिकाको आयमा बृद्धि भई बजेट समेत बढ्न गएको हो ।
बेसीशहर नगरपालिकाको ८ औँ नगरसभाको विभिन्न निर्णय सोमबार सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख गुमानसिंह अर्यालले उक्त विविध निर्णयहरु सार्वजनिक गर्दै उक्त जानकारी गराउनु भएको हो ।
कार्यक्रममा चालू आव २०७७÷२०७८ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भै पारित भएको जनाइएको छ । त्यस्तै, चाल आवको संशोधित आय अनुमान पेश मै भारित भएको छ । विनियोजन विधेयक २०७७ लाई संशोधन गरिएको नगर प्रमुख अर्यालको भनाई छ । त्यस्तै, १० वटा ऐन नियम तथा कार्यविधि स्वीकृत तथा ३ वटा कार्यविधि, मापदण्ड अनुमोदन भएको छ । त्यस्तै, लेखा परीक्षण प्रतिवेदन नगरसभामा समक्ष पेश भई बेरुजु पछ्यौँटकोलागि आवश्यक कारबाही अघि बढाउन कार्यपालिकालाई निर्देशन भएको छ ।
त्यस्तै, हालको वडा नं. १० लाई २ वटा वडामा विभाजन गर्ने प्रस्ताव प्रदेश सरकार मार्फत नेपाल सरकारमा पठाउने निर्णय गरेको छ । नगरपालिकाको बस्तुगत विवरण एवं नगर प्रोफाईल स्वीकृत भएको नगर प्रमुख अर्यालले कार्यक्रममा जानकारी दिनुभयो । उहाँका अनुसार संघीय तथा प्रदेश सरकामा माग गर्ने योजना छनौट, लद्यु उद्योग कार्यक्रमबाट ९० जना उद्यमी सिर्जना गर्ते तथा ५० जना उद्यमीहरुको स्तरोन्नति गर्ने लक्ष्य रहेको र वडा नं १ र ११ सिर्जनाको लागि छनोट तथा स्तरोन्नतिको लागि वडा नं. ४ र ९ का उद्यमीहरु सहभागि गराउने नगरपालिकाले जनाएको छ ।
त्यस्तै, कुल १ हजार ८७० व्वसायिक प्रतिष्ठानहरुमध्ये हालसम्म ९ सय २८ वटा व्यवसायिक प्रतिष्ठानहरु नगरपालकामा सूचिकृत भएको छ । चालू आवमा मात्र कुल ५०६ व्यवसायिक प्रतिष्ठानहरु नगरपालिकामा सूचिकृत भएा छन् । कुर पाँच पटक बजार अनुगमन गरिएको थियो । त्यस्तै यस आवमा अपांगता परिचयपत्र वितरणतर्फ २ जनालाई रातो कार्ड, १० जनालाई निको कार्ड तथा एक जनालाई पर्हेलो कार्ड वितरण भएको उक्त कार्यक्रममा जनाइएको छ ।
चालू आवको पुस मसान्तसम्म चालूतर्फ रु ११ करोड ४३ लाख ९९ हजार२२६ र पुँजीगततपर्फ रु ३ करोड ६८ लाख ९९ हजार ८८१ रुपैयाँ गरी खर्च रु १५ करोड १२ लाख ९९ हजार १०७ रुपैयाँ रहेको र यो कुल बजेटको २४ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख गुमानसिंह अर्याल अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत पुष्पराज पौडेलले, प्रेस सल्लाहकार कृष्ण के.सी., कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेल, राजश्व अधिकृत सुशिला श्रेष्ठ, सूचना प्रविधि अधिकृत मुकेश कँुवर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुईकेल, शाखा अध्यक्ष आश गुरुङ लगायत जिल्लास्थित संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्