Darpan News
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
TRENDING
नेपालमा थप १० जनामा कोरोना कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
No Result
View All Result
Darpan News
No Result
View All Result
Home फिचर

मुख्यमन्त्री गुरुङद्धारा धार्मिक तथा पर्यटकीय स्थलको निरीक्षण

newsdesk संवादाताः newsdesk
२०७७, ४ मंसिर बिहीबार १८:०२
मुख्यमन्त्री गुरुङद्धारा धार्मिक तथा पर्यटकीय स्थलको निरीक्षण
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा पूर्वी लमजुङको एतिहासिक,धार्मिक तथा पर्यटकीय स्थल र सडकको अनुगमन गर्नभएको छ । विहीबार मुख्यमन्त्री गुरुङले जिल्लाको दुधपोखरी गाउँपालिकामा रहेको दुधपोखरी र दोर्दी गाउँपालिकामा रहेको मेमेपोखरी, इलमपोखरी, लिपुलेक पदमार्ग देखि नौथर शेरा ताजे सडकको समेत स्थलगत निरीक्षण गर्नुभएको हो ।


मुख्यमन्त्री गुरुङले ती स्थलहरुको निरीक्षण गर्दै पर्यटनको प्रचुर संम्भावना रहेकाले प्रर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । ऐतिहासिक तथा धार्मिक मात्र नभई पर्यटकीय क्षेत्र रहेको यस्ता स्थलहरुको संरक्षण गर्दै पर्यटन क्षेत्रको विकास गर्दै पर्यटकलाई आकर्षित गरानेतर्फ ध्यान केन्द्रित भएको उहाँको भनाई छ । त्यस्तै उहाँले ३५ किलोमिटरको उक्त सडक स्तरोन्ती तथा मर्मतका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
त्यस्तै जिल्लाको ‘क’ क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य धनञ्जय दवाडीले यहाँका विभिन्न स्थलहरु एतिहासिक, धार्मिक र पर्यटकीय रहेपनि राज्यको ध्यान नगएकाले पछाडी परेको भन्दै आगामी दिनमा यस्ता क्षेत्रको संरक्षण तथा विकास गर्दै यसको प्रचार प्रचार गरेर पर्यटकलाई आकर्षित गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पूर्वी क्षेत्रको पर्यटन .विकास, उच्च क्षेत्रमा खाली रहेका जमिनमा खेती गर्ने सम्भाव्यता अध्ययन र हिमचुली आरोहण खोलेर पदमार्ग बनाउनका लागि पहल गर्न मुख्यमन्त्रीको भ्रमण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, यस्ता स्थलसम्म पर्यटकहरु पुग्नका लागि पदमार्ग तथा बाटाहरुको समेत राम्रो व्यवस्था हुनुपर्ने र त्यहाँसम्म पुग्नका लागि सहज बाटोका लागि प्रदेश सरकारसँग पहल गर्नेछु । त्यस्तै, स्याउ खेतिका लागि समेत अध्यन गरिएको थियो ।
भ्रमण टोलीमा पिपुल्स हाइड्रोपावरका तर्फबाट केशव बहादुर रायमाझी र अर्जुन गौतमको पनि सहभागिता रहेको थियो ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

सम्पर्क

ई–दर्पण न्युज डट कम
बेसीशहर–८, लमजुङ
फोन नं. ०६६–५२००१४
इमेलः– lamjungdarpandaily@gmail.com

हाम्रो टिम

सम्पादकः– कृष्ण के.सी.
सम्पर्कः– ९८५६०४५९३१
इमेलः– kkcbro@gmil.com
व्यवस्थापकः– नवीन धिताल
सम्पर्कः– ९८५६०४६०८४
सम्वाददाताः– मिनराज परियार, श्रीकला भण्डारी, कृति बानिया

QUICK LINKS

  • ईपेपर
  • कोरोना अपडेट
  • फिचर
  • विचार
  • विविध
  • समाचार
  • समाज
  • सूचना प्रविधि
  • स्वास्थ्य/ सौन्दर्य

हाम्रो बारेमा

© 2020 News Times, All Right Reserved | Design by

No Result
View All Result