Darpan News
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
TRENDING
नेपालमा थप १० जनामा कोरोना कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
No Result
View All Result
Darpan News
No Result
View All Result
Home फिचर

नारायणस्थान चोकमा विश्राम स्थल निर्माण

newsdesk संवादाताः newsdesk
२०७७, २७ कार्तिक बिहीबार १७:२३
नारायणस्थान चोकमा विश्राम स्थल निर्माण
Share on FacebookShare on Twitter

लमजुङ, २७ कार्तिक । जिल्लाको बेसीशहर नगरपालिका ८ स्थित नारायणस्थान चोकमा यात्रुहरुका लागि विश्रामस्थल निर्माण गरेको छ । नारायणस्थल टोल विकास संस्थाको पहलमा यस नगरपालिकाको २ लाख र स्थानीयहरुका २६ हजार बराबरकोे जनश्रमदानबाट डिजिटल बोर्ड सहितको विश्रामस्थल निर्माण गरिएको हो ।


नवनिर्मित विश्रामस्थलको विहीबार नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै नगरकै नमुना र पहिलो विश्रामस्थल रहेको र यसले यात्रुहरुका लागि ठुलो सहज बनाउने बताउनुभयो । नगरमा अझै धेरै काम गर्न आवश्यक रहेको र विकास तथा काम गर्न सक्ने क्षमता नगरका नेतृत्वमा नभएर होइन आर्थिक अभावले काम गर्न नसकिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, स्थानीय तह बलियो बनाउनका लागि संघ र प्रदेश सरकारले स्थानीय तहलाई पर्याप्त बजेट उपलब्ध गराएर बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वडाअध्यक्ष पवित्रा थापामगरले नगरको मात्र नभई जिल्लाकै उदारणिय र राम्रो विश्रामस्थल रहेको र वडाका अन्य स्थानमा समेत यस्ता विश्रामस्थल आवश्यक छ आगामी दिनमा हाम्रो ध्यान केन्द्रित हुने उहाँले भन्नुभयो । वडामा स्थानीय सरकार आएदेखि विभिन्न विकास भएको समेत उहाँले बताउनुभयो । सो संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठले भन्नुभयो, यहाँ यसअघि यात्रुहरुका लागि विश्रामस्थल नहुँदा घाम पानीमा निकै समस्या झेल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । उहाँका अनुसार यस स्थलमा १२ जना यात्रुहरुले एकै चोटी विश्राम गर्नका लागि अट्ने भएका छन् ।
जिल्लाकै मुख्य बजार बेसीशहर बजारको चोकमा रहेको यस विश्रामस्थल निर्माणले स्थानीय हर्षित भएका छन् । जस्तापाता राखिएको छानो छ भने, यात्रु बस्ने ठाउँको समेत व्यवस्था गरिएको छ ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

सम्पर्क

ई–दर्पण न्युज डट कम
बेसीशहर–८, लमजुङ
फोन नं. ०६६–५२००१४
इमेलः– lamjungdarpandaily@gmail.com

हाम्रो टिम

सम्पादकः– कृष्ण के.सी.
सम्पर्कः– ९८५६०४५९३१
इमेलः– kkcbro@gmil.com
व्यवस्थापकः– नवीन धिताल
सम्पर्कः– ९८५६०४६०८४
सम्वाददाताः– मिनराज परियार, श्रीकला भण्डारी, कृति बानिया

QUICK LINKS

  • ईपेपर
  • कोरोना अपडेट
  • फिचर
  • विचार
  • विविध
  • समाचार
  • समाज
  • सूचना प्रविधि
  • स्वास्थ्य/ सौन्दर्य

हाम्रो बारेमा

© 2020 News Times, All Right Reserved | Design by

No Result
View All Result